बाराको निजगढमा ग्यास सिलिन्डर बिस्फोट हुँदा एकको मृत्यु, चारजना घाइते

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 199
पढ्न लाग्ने समय : 1 मिनेट

१४ फागुन, बारा:बाराको निजगढमा आज दिउँसो ग्यास सिलिन्डर बिस्फोट हुँदा एकजनाको मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन । निजगढ नगरपालिका वडा नम्बर ७ सहिद चोकमा रहेकाे वर्कसपमा ग्याँस सिलिन्डर विस्फोट हुँदा निजगढ-५ का रेशम मगरको मृत्यु भएको हो । मगरलाई उपचारकोलागी लैजादैगर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सहिद चोकस्थित रोहित वर्कसपमा दिउँसो कामदारहरुले काम गरिरहेकै बेला अचानक ग्याँस सिलिन्डर विस्फोट हुँदा भारतकाअरबिन्द साह,राकेश जयसवाल , रितु रजत र निजगढ-५ का सुॠ थापा घाइते भएका हुन्।

घाइतेहरुको कलैया र वीरगन्जमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Leave a comment