६ कार्तिक,बारा: बारामा प्रहरीले करिब ५३ लाख मुल्य बराबरको समान सहित ट्रक नियन्त्रणमा लिएको छ ।
प्रहरीले पथलैयाबाट ५३ लाख ५२ हजार मुल्य बराबरको ट्रक सहित समान नियन्त्रणमा लिएको हो ।
वीरगन्जबाट झापातर्फ जाँदै गरेको ना ३ ख ४३६३ नम्बरको ट्रक सहित ओखर,ईलेक्ट्रोनिक्स समान, मोबिल लगायतको समान प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिईएको समान आवश्यक कार्बाहीकोलागी राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी गराए ।