काठमाडौं, फागुन ५ — आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक करिब चार करोड मतपत्र छपाइ कार्य सम्पन्न भएको छ। अब ती मतपत्र प्याकेजिङ गरेर क्रमशः देशभरका जिल्लामा पठाउने काम सुरु गरिएको छ।
मतपत्र छपाइको जिम्मेवारी लिएको ले सोमबार साँझसम्म प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीका मतपत्र छपाइ सकेको जनाएको छ। केन्द्रका प्रबन्ध निर्देशक का अनुसार अब १० दिनभित्र सबै जिल्लामा मतपत्र पु¥याउने लक्ष्यसहित ढुवानी प्रक्रिया अघि बढाइएको छ।
प्रत्यक्ष निर्वाचनतर्फ दुई करोड तीन लाख मतपत्र छपाइ गरिएको छ भने समानुपातिक प्रणालीका दुई करोड आठ लाख ३० हजार मतपत्र यसअघि नै तयार भइसकेका थिए। छपाइका लागि ४२ दिनको कार्यतालिका बनाइए पनि ४० दिनमै काम सम्पन्न भएको केन्द्रले जनाएको छ। दैनिक १३ देखि १५ लाख मतपत्र उत्पादन गरिएको थियो।
निर्वाचन प्रयोजनका लागि नमूना स्वरूप १० लाख मतपत्र भने यसअघि नै विभिन्न स्थानमा पठाइसकिएको छ। हालसम्म कर्णाली र सुदूरपश्चिम प्रदेशमा आवश्यक सबै मतपत्र पुगिसकेको जनाइएको छ भने बाँकी प्रदेशमा पनि ढुवानी कार्य तीव्र पारिएको छ।
निर्वाचन व्यवस्थापनको मुख्य तयारीअन्तर्गत मतपत्र उत्पादन र वितरणलाई समयमै सम्पन्न गर्न केन्द्र र निर्वाचन निकाय समन्वयमा जुटिरहेका छन्।

