२१ कार्तिक, बारा: बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले आफू नागरिक मैत्री भएर कामगर्ने प्रतिबद्धता जनाएका छन ।
जिल्ला प्रशासन कार्यालय कलैयामा आज आयोजित परिचयात्मक कार्यक्रममा प्रजिअ अधिकारीले आफू नागरिकले सहज र बिना झंझट सेवा पाउनेगरी कामगर्ने बताए ।
उनलेे आफू सुशासन कायमगर्न संचारमैत्री भएर कामगर्ने प्रतिबद्धता समेत जनाए ।
उनलेे जिल्लामा शान्ति सुव्यवस्था कायम गराउन आफू सधैं तत्पर रहने बताए ।
आफू कुनै दबाब र प्रभावमा नपरी सेवा प्रवाह गर्ने प्रतिबद्धता प्रजिअ अधिकारीले स्पष्ट पारे ।
प्रजिअ अधिकारीले जिल्लाको ट्राफिक व्यवस्थापनकालागी आफू पहल गर्ने प्रतिबद्धता समेत जनाए ।
उनलेे सरसफाइकालागी स्थानीय तहसँग मिलेर कामगर्ने धारणा राखे ।
कार्यक्रममा सहभागी संचारकर्मीहरुले जिल्लाको अवस्थाको बारेमा जानकारी गराएका थिए ।