जिल्लाको सदरमुकाम कलैयामा रहेकोकलैया प्रादेशिक अस्पतालमा आजदेखी ईन्डोस्कोपी सेवा शुरु भएको छ। धेरै प्रयास पछि ईन्डोस्कोपी सेवा शुरु गर्न सफल भएको कलैया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अजय गुप्ताले जानकारी गराउनु भयो। ईन्डोस्कोपी सेवाले पेटको समस्या लिएर आउने बिरामीहरुको उपचार सहज तरीकाले गर्न सकिने मेडिकल सुपरिटेन्डेन्ट डाक्टर गुप्ताले जानकारी गराउनु भयो। कलैया अस्पतालले ईन्डोस्कोपी सेवा संचालनमा ल्याएसंगै धेरै पैसा खर्च गरेर उपचार गराउन बाहिर जान समस्याको अन्त्य भएको डाक्टर गुप्ताले जानकारी गराउनु भयो। कलैया अस्पतालले निकट भविष्यमै डायलोसिस सेवा शुरु गर्ने तयारी गरिरहेको डाक्टर गुप्ताले जानकारी गराउनु भयो।
कलैया अस्पतालमा ईन्डोस्कोपी सेवा शुरु
Leave a Comment
Leave a Comment

