१९ मंसिर, बारा : गृहमन्त्री रमेश लेखकले गढीमाईको दर्शन तथा पुजापाठ गरेका छन ।
आज बाराको महागाढीमाई नगरपालिकाको बरियारपुर पुगेर गृहमन्त्री लेखकले गढीमाई दर्शन तथा पुअजापाठ गर्नुका साथै साथै मेलाको अवलोकन तथा निरीक्षण गरेका हुन ।
गृहमन्त्री लेखले गढीमाई मन्दिरका पुजारीको हाथबाट टिका र प्रसाद समेत ग्रहण गरे ।
विश्व प्रसिद्ध गढीमाई मेलाले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा एउटा ठूलो पहिचान दिएकोले गढीमाई मन्दिरको संरक्षण लगाएत मेलालाई सभ्य र भब्य बनाउनमा नेपाल सरकार प्रतिबद्ध रहेको गृहमन्त्री लेखकले बताए ।
गढीमाई मेलालाई ब्यवस्थित बनाउनको लागि आफुले सुरक्षाको दृष्टिकोणले कुनै पनि कसर बाकी नरहने गरि प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको गृहमन्त्री लेखकले बताए ।
गृहमन्त्रीले सुरक्षा ब्यवस्थापनमा गृह मन्त्रालयले कुनै कमी हुन नदिने प्रतिबद्धता जनाए ।