१७ पुस, बारा: ब्रहमाकुमारी राजयोग सेवा केन्द्र कलैयाले आज अन्तर्राष्ट्रिय नयाँ बर्ष २०२५ को अवसरमा शुभकामना अदान प्रदान कार्यक्रम गरेको छ।
कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा कलैया उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मोहन बहादुर क्षेत्री, सचेत नागरिक समाज बाराका अध्यक्ष देवेन्द्र गिरी ,ज्येष्ठ नागरिक संघ बाराका अध्यक्ष भरत बहादुर मल्ल, सचिव लक्ष्मी चौधरी लगायतकाले नयाँ बर्षको शुभकामना अदान प्रदान गरेका थिए ।
सेवा केन्द्र कलैयाकी सञ्चालिका मिना दिदीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन सुषमा बहनले गरेकी थिईन ।
यसैबीच बुधबार देखि ब्रहमाकुमारी राजयोग सेवा केन्द्रको तपस्या महिना शुरु भएको छ । जनवरी १ तारिख देखि जनवरी २१ तारिख सम्म तपस्या महिना सञ्चालन गरिने केन्द्रले जनाएको छ ।
तपस्या महिनामा साधना द्घारा संस्कार परिवर्तन लगायतका बिबिध अध्यात्मिक कार्यक्रमको आयोजना गरिने केन्द्रकी सुषमा बहनले जानकारी दिईन ।