काठमाडौँ, मंसिर १४ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले देशभर ७५ नयाँ मतदान स्थल थपेको छ। साथै, अपायक मानिएका ९३ मतदान स्थललाई अन्यत्र स्थानान्तरण गर्ने निर्णय गरिएको आयोगले जनाएको छ।
आयोगका अनुसार मतदाताको पहुँच सहज र व्यवस्थित बनाउन आइतबार देशभरका मतदान स्थलहरूको व्यापक पुनरावलोकन गरिएको हो।
यो निर्णयसँगै अब आगामी निर्वाचनमा कुल मतदान स्थल संख्या १० हजार ९६७ पुगेको छ। यसअघि १० हजार ८९२ मतदान स्थल रहेका थे।
पुनरावलोकनका क्रममा आयोगले मतदान स्थलको नाम र ठेगानामा रहेका त्रुटी सच्याउने, मतदातालाई नजिक पर्ने स्थानमा आंशिक वा पूर्ण स्थानान्तरण गर्ने, तथा साबिकको नजिकै रहेका उपयुक्त स्थलमा मतदातालाई समायोजन गर्ने कार्यसमेत सम्पन्न गरेको जनाएको छ।



Leave a Reply