२४ पुस, बारा : बाराको महागढीमाई नगरपालिका बरियारपुरका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले रगतको अभावमा अकालमै जाने ज्यानलाई जोगाउन रक्तदानको अहम भुमिका रहेको बताएका छन ।
जनजागरण युवा क्लब बाराले आफ्नो २७ औ वार्षिकोत्सवको अवसरमा महागढीमाई नगरपालिका बरियारपुर र जनजागरण युवा क्लब बाराको संयुक्त आयोजनमा बुधबार गढीमाई मन्दिरको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रमको उदघाटनगर्दै नगर प्रमुख यादवले रक्तदान नै मानव कल्याण भएको बताए ।
नगर प्रमुख यादवले रक्तदान गर्दै सुत्केरी महिला, दुर्घटनामा परेका व्यक्ति, शल्यक्रिया गर्नुपर्ने विरामीहरुलाई रगतको अभावले गर्दा अकालमै ज्यान गुमाउनुपरेकाले रक्तदान गरी जिवनदान गर्नुपर्ने बताए ।
मानव कल्याण कार्यमा क्लब बारासंगको सहकार्यमा महागढीमाई नगरपालिका कांधमा कांध मिलाएर अगाडी बढने नगर प्रमुख यादवले प्रतिबद्धता जनाए ।
जनजागरण युवा क्लब बाराका अध्यक्ष भैयाराम यादवले जनचेतना फैलाउन उद्देश्यले रक्तदान कार्यक्रम शहरी क्षेत्रमा नगरी ग्रामिण भेगमा आयोजना गरिएको बताए ।
रक्तदान कार्यक्रममा मेयर उपेन्द्र प्रसाद यादव, गंगा थापा, रिना कुमारी, मिना गुप्ता, नरेश साह, अवधेश प्रसाद यादव, पवन सहनी, शशिकान्त कुशवाहा लगायतकाले रक्तदान गरेका थिए ।
त्यसैगरी नवराज घिमिरे, मुन्द्रिका चौरसिया, रमेश सिंह, सुरज गुप्ता, दिलिप कुमार साह, सुरेश यादव, राहुल गुप्ता, प्रकाश गुप्ता, चन्दन साह, राजेश यादव लगायत ४ महिला सहित ५२ जनाले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रममा क्लबका बाराका उपाध्यक्ष राजदेव साह, कोषाध्यक्ष सियाराम यादव, कार्यकारी निर्देशक डा.श्रीनिवास बैठा र सहजीकरण लक्ष्मी खरेलले गरेकी थिईन भने प्राविधिक सहयोग रक्तसञ्चार केन्द्र वीरगन्जको रहेको थियो ।