सरकार टिक्नेमा शंका रहेको छ :- पुर्व प्रधानमन्त्री नेपाल

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 22
पढ्न लाग्ने समय : 2 मिनेट

२९ पुस, बारा: नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कांग्रेसको सरकार टिक्नेमा शंका रहेको पुर्व प्रधानमन्त्री माधव नेपालले बताएका छन ।
बाराको कलैया स्थित करणराज होटलमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सरकार टिक्नेमा शंका रहेको बताए ।

प्रधानमन्त्री केपी ओलीले आफनो दम्भमा एक्लै सरकार चलाउन खोजेकोले अन्य दल रुष्ट भएकोले सरकार टिक्न सम्भावना कम रहेको नेपालले बताए ।

उनले पालिका स्तरमा अस्पताल बनाउने योजना विकास नरहेको बताए । खर्व बजेट लगाई विशाल भवनको निर्माण त हुन्छ, तर दक्ष डाक्टर, प्रविधिक नहुदा खण्डहर भएर बजेट बालुवामा पानी सरह हुन्छ नेपाल भने ।

प्रत्येक पालिकाको सट्टा जिल्ला स्तरमा सुविधा सम्पन्न अस्पताल निर्माण हुँदा विरामीहरू सेवा लिनुको साथै बजेटको अन्य विकासको कार्यमा लागु गर्न सकिने उनले बताए ।

निजगढ विमानस्थल, फास्ट ट्रयाक बजेटको अभावमा नभई सरकारको लापरवाहीले ढिलासुस्ती भएको आरोप उनले लगाए ।
कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै पदको लागि लडनेले काम पनि गरेर देखाउनु पर्ने नेपालले बताए । पार्टीले प्रत्येक चार महिनामा मुल्यांकन प्रतिवेदन केन्द्रीय कमिटिमा पठाउनु पर्ने प्रवाधान लागु गरेको उनलेे बताए । यसरी प्रतिवेदनको अधारमा पद कायम गर्ने व्यवस्था गरिएको उनलेे स्पष्ट पारे ।

मिसन २०८४ को लागि कार्यकर्तालाई तयार रहन पार्टी अध्यक्ष नेपालले निर्देशन दिएका थिए । वडा देखि पालिका सम्मको लागि प्रत्येक उम्मेदवारले आफनो स्तरमा तयारी गर्न सुझाव दिएका थिए ।
आफुहरू नेकपा माओवादी, जसपा नेपालक, विप्लव लगायतको पार्टीसंगको समाजवादी मोर्चा तयार गरी अघि बढने छलफल समेत भईरहेको उनलेे बताए ।
कार्यक्रम जिल्ला अध्यक्ष विजेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।