काठमाडौं । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित तथा नागरिकमैत्री बनाउन उल्लेखनीय योगदान पुर्याएको भन्दै ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारी सम्मानित भएका छन् ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी ईश्वर कार्कीले उपत्यकाको ट्राफिक व्यवस्थापन, सडक दुर्घटना न्यूनीकरण तथा प्रभावकारी चेकजाँच अभियान सञ्चालनमा उत्कृष्ट नेतृत्व प्रदान गरेको भन्दै एसएसपी अधिकारीलाई विशेष सम्मान प्रदान गरेका हुन् ।
एसएसपी अधिकारीले सडक सुरक्षालाई थप चुस्त र प्रभावकारी बनाउन स्वयं सडकमा खटिएर ट्राफिक व्यवस्थापनमा सुधार ल्याउँदै आएका छन् । ट्राफिक प्रहरीको काम–कारबाहीलाई अनुशासित, प्रभावकारी तथा जनउत्तरदायी बनाउन उनले खेलेको भूमिकाको व्यापक प्रशंसा हुँदै आएको छ ।
उनको नेतृत्वमा काठमाडौँ उपत्यकामा ट्राफिक सचेतना, नियम उल्लंघन नियन्त्रण तथा सवारी व्यवस्थापनमा उल्लेखनीय सुधार आएको प्रहरी स्रोतले जनाएको छ । उत्कृष्ट कार्यसम्पादनकै आधारमा एसएसपी अधिकारी विभिन्न निकायबाट समेत सम्मानित हुँदै आएका छन् ।
एआईजी ईश्वर कार्कीद्वारा ट्राफिक प्रमुख एसएसपी नवराज अधिकारी सम्मानित
Leave a Comment
Leave a Comment

