बिश्वप्रसिद्ध गढीमाई मन्दिरमा तोडफोड गर्ने तीनजना पक्राउ

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 19
पढ्न लाग्ने समय : 1 मिनेट

११ माघ,कलैया : बाराको महागढ़ीमाई नगरपालिका वडा नम्बर १ स्थित विश्व प्रसिद्ध गढीमाई मन्दिरमा तोडफोड गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले रौतहट बृन्दावन नगरपालिका वडा नम्बर-२ का २३ बषिय एजाज अंसारी, बाराको महागढ़ीमाई नगरपालिका वडा नम्बर-१ का १९ बषिय अरमान अंसारी र ३६ वर्षीय बिद्या सागर पटेललाई पक्राउ गरेको हो ।

घटनामा संलग्न अन्यको खोजी भईरहेको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी गराए । पक्राउ परेकाहरूमाथि आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
उनीहरुले मन्दिरको घण्टी, पंखा, त्रिशूल, सि.सि. क्यामरा, दान पेटिका लगायतका समानमा तोडफोड गरेर क्षति पुर्‍याएको प्रहरी नायब उपरिक्षक सापकोटाले जानकारी गराए ।
घटनाको छानबिनका लागि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले मन्दिरमा जडान गरिएको सिसिटिभी फुटेजका आधारमा दोषीहरूको पहिचान गरेको थियो। अनुसन्धानपछि प्रहरीले तीनजनालाई पक्राउ गर्न सफल भएको छ ।
मन्दिर तोडफोडमा संलग्नलाई कडा कार्बाहीको माग नगर प्रमुख उपेन्द्र यादवले गरेका थिए ।