२९ जेठ,बारा: बारामा भारतबाट मालसामानको तस्करी तीब्र भएको छ ।
तस्करी नियन्त्रणको जिम्मेवारी पाएको सुरक्षा निकाए सशस्त्र प्रहरीले नै तस्करी गराउँदै आएको रहस्य बाहिरिन थालेको छ ।
सशस्त्र प्रहरीको बीओपी र १२ नम्बर गणको मिलोमतोमा र संरक्षणमा जिल्लाका विभिन्न नाकाबाट तस्करी हुन थालेको स्थानीयबासीले आरोप लगाएका छन ।
बाराको बेल्दारी, सिम्रौनगढ, दक्षिणझिटकैयाको अमवा र सनफुलवा नाकाबाट सशस्त्र प्रहरीले तस्करीको अनुमती दिएको स्रोतले जनाएको छ ।
हिजो बुधबार सशस्त्र प्रहरीले नै लाईन दिएर बेल्दारी नाकाहुँदै भारतबाट ल्याइएको फुल सहितको पिकअप गाडी मुख्यालयको निर्देशनमा कोल्हबी नगरपालिका-८ मिलन चौकबाट सशस्त्र प्रहरीको ब्यूरोको टोलीले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएपछि सशस्त्र प्रहरीको १२ नम्बर गणको संलग्नतामा तस्करी हुने गरेको रहस्य बाहिरिएको हो ।
ब्युरोको टोलीले तस्करीको समान सहितको गाडी नियन्त्रणमा लिएर बुझाउँदा समेत गणलाई राती सम्म जानकारी थिएन ।
१२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसीले नै महिनावारी रकम लिएर फुल र माछाको तस्करीको अनुमति दिएको र बीओपीका प्रमुखहरुलाई समेत आदेश दिएको एकजना व्यापारीले बताए ।
केही हप्ता अघि सम्म सनफुलवा र दक्षिणझिटकैया नाकाबाट फुल र माछाको तस्करीहुँदै आएको कुरा सशस्त्र प्रहरीको मुख्यालय पुगेपछि केही दिनदेखि सशस्त्र प्रहरी उपरीक्षक केसी र तस्करको सल्लाहमा बेल्दारी नाकाबाट तस्करी शुरु गरिएको तस्कर स्रोतले जानकारी गराएको छ ।
बेल्दारी नाकाबाट तस्कर समूहले दैनिक चार देखि पाँच गाडी फुल र भारतीय माछा भारतबाट तस्करी भi मुलुकको विभिन्न ठाउँमा पुग्दै आएको छ ।
तस्करहरुले फुलसँगै हुण्डीको पैसा, कपडा, ब्राण्डेड चकलेट , लागू औषधको सुई समेत बेला बेलामा भारतबाट तस्करी गर्ने गरेको स्रोतले दाबी गरेको छ ।
तस्करीको सेटिङ्ग मिलाउन पत्रकार सक्रिय
सशस्त्र प्रहरी उपरीक्षक केसीसँग तस्करीको लाईनको सेटिङ्ग मिलाउन एकजना पत्रकार खटिएका छन ।
स्रोतका अनुसार एउटा राष्ट्रिय दैनिकका पत्रकार सशस्त्र प्रहरी उपरीक्षक केसीको बिश्वासिलो पात्रका रुपमा तस्करीको सेटिङ्ग गराउन खटिएको सशस्त्र प्रहरी स्रोतले दाबी गरेको छ ।
आफ्नो पहुँच मुख्यालय सम्म भएको र काठमाडौका केही नेतासँग राम्रो सम्बन्ध हुनुका साथै आफू पत्रकार भएकोले कसैले समाचार समेत नलेख्ने कुरा सशस्त्र प्रहरी उपरीक्षक केसीलाई भनेर बिश्वासिलो पात्र बनेको एकजना प्रहरी अधिकृतले दाबी गरे ।
जिल्लाको सिमानाकाहरुबाट हुने ठुला तस्करीकालागी ती पत्रकार मार्फत नै सशस्त्र प्रहरी उपरीक्षक केसी सम्म पुग्नु पर्ने अवस्था रहेको ती प्रहरी अधिकृतले दाबी गरे ।
तस्करहरुलाई एसपी केसीले नै आफ्ना बिश्वासिला ती पत्रकार कहाँ पठाउने गरेको स्रोतले दाबी गरेको छ ।
सशस्त्र प्रहरी उपरीक्षक केसीसंग प्रतिक्रिया लिनकालागी 9851272110 नम्बरको मोबाइलमा दुई दिन सम्म सम्पर्क गर्दा समेत फोन उठेन ।
Leave a Reply