मण्डलको हत्यामा संलग्नलाई कार्बाहीको माँगगर्दै कलैयामा प्रदर्शन

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 53
पढ्न लाग्ने समय : 1 मिनेट
Oplus_131072

४ फागुन, बारा: बाराको कलैया उपमहानगरपालिका वडा नम–९ रामपुरका प्रदीपप्रसाद मण्डलको कुटपिट गरी हत्या गर्नेलाई कारबाहीको माग गर्दै आज कलैयामा प्रदर्शन गरिएको छ।

पीडित परिवारको अगुवाइमा रामपुरबाट निस्किएको विरोध र्‍याली कलैया बजार परिक्रमा गरी जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय घेराउ गरेको थियो।

कलैया उपमहानगरपालिका–१स्थित नवजन्म पुनर्स्थापना केन्द्रमा भर्ना गरिएका मण्डलको गत बिहीबार राति कुटेर हत्या गरिएको थियो।

दुर्व्यसनमा फसेका मण्डललाई सुधार्न साहेबबाबु अन्सारीले सञ्चालन गरेको नवजन्म पुनर्स्थापना केन्द्रमा भर्ना गरिएको थियो ।

कुटपिटमा संलग्न रहेका भनिएका सात जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ।

पक्राउ पर्नेमा नजिर सर्राफ, मोहम्मद आसिम मियाँ, सागर गुप्ता, परमेश्वर साह, अरुण सर्राफ, तामाना अलि र सर्फराज मन्सुर रहेको बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङले बताए ।

Leave a comment