सहकारी सेवा गर्नेहरुको जमात हो : अध्यक्ष ठाकुर

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 77
पढ्न लाग्ने समय : 3 मिनेट

२७ पुस, बारा: सहकारी ठगहरुको नभई सेवा गर्नेहरुको जमात भएको बारा जिल्ला सहकारी संघका अध्यक्ष सतेन्द्र ठाकुरले बताएका छन ।
सहकारीको दिगोपनःस्वनियम तथा सुशासन भन्ने मुल नाराकासाथ बारा जिल्लाको सदरमुकाम कलैया स्थित बारा उद्योग वाणिज्य संघको सभाहलमा आज धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सहकारी संघका अध्यक्ष तथा वार्षिक साधारणसभाका प्रमुख अतिथि ठाकुरले एक दुई वटा सहकारीमा तल माथि हुँदैमा सबै सहकारीलाई बदनाम गर्न नहुने बताए ।
कतिपय संचालकहरुले बदमाशाी नगरेका पनि होइनन् तर एक दुई जनाले बदमाशी गर्दैमा पुरै सहकारी जमातलाई गाली गर्नु उचित नभएको उनले बताए ।
देशमा अहिले ३१ हजार भन्दा बढी सहकारीहरु रहेका छन्, उनले भने,‘ ३१ हजार सहकारी मध्ये एक दुई वटा सहकारीले बदमाशी गर्दैमा पुरै सहकारीलाई बदनाम गर्नु उचित होइन । सहकारी अहिले हाम्रो देशको सर्वसाधारणको लागि नभई नहुने संस्थाको रुपमा पहिचान बनाइसकेको छ ।

नेपाल  सरकारले सहकारी अध्यादेश ल्याएर हामीलाई डुबाउन खोजेको उनले आरोप लगाए ।

संस्थाको १६ औ साधारण सभामा संस्थाका अध्यक्ष राजेश राय यादवले प्रगति प्रतिवेदन पेश गरेका थिए ।
प्रगति प्रतिवेदन पेश गर्दै उनले भने, ‘संस्थाले विभिन्न आरोह अवरोध पार गर्र्दै साढे १५ करोडको पूँजी खडा गर्न सफल भएको छ । कोरोनाको बेला पनि यो संस्थाले आफना सबै शेयरधनीहरुलाई लाभांश दिएको छ । कोभिड जस्तो महामारीको समयमा समेत यसले आफना शेयरधनीहरुलाई सहयोग गर्दै आफनो पथमा अगाडी बढेको थियो र यो संस्था निरन्तर आफनो प्रगति पथमा अगाडी बढिरहेको छ । ’
संस्थाले अर्को वर्ष देखि एक जना पत्रकारलाई सम्मान गर्ने, शेयरधनीहरु मध्ये ३ जना शेयरधनीका ३ वटा छात्र वा छात्राहरुलाई छात्रवृति, आफनो भवन निर्माण लगायतको लक्ष्य लिएर अगाडी बढेको अध्यक्ष यादवले बताए ।
धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजेश राय यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा द सहारा बचत तथा ऋण सहकारी संस्थाका संंचालक सदस्य राकेश पाण्डेय, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदी, समाचकवा बचत समूहका अध्यक्ष लक्ष्मी चौधरी , जनसरोकार बचत समूहका अध्यक्ष मुनिन्द्रलाल कर्ण लगायतका अतिथिहरुले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष राजकुमार साहले दिएका थिए भने कार्यक्रमको संचालन संस्थाका सचिव निमेश लिमिल्सेनाले गरेका थिए ।

  • An error has occurred, which probably means the feed is down. Try again later.