निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा राष्ट्रपतिद्वारा धन्यवाद

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२१ फागुन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा खुशी व्यक्त गरेका छन्।

उनले निर्वाचन सफलतापूर्वक सम्पन्न भएसँगै देशमा देखिएको जटिल राजनीतिक परिस्थितिले निकास पाएको उल्लेख गरेका छन्।

राष्ट्रपतिले निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने सबै पक्षप्रति आभार पनि व्यक्त गरेका छन्। राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार उनले सरकार, निर्वाचन आयोग, सुरक्षाकर्मी, राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, आम मतदाता तथा सरोकारवाला सबैलाई धन्यवाद दिएका हुन्।

राष्ट्रपति पौडेलले लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउन सबै पक्षले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि लोकतन्त्र सुदृढ बनाउन सबै मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

Leave a Comment