निधी निवास निर्माण गराउनका लागि राजेन्द्र र चन्द्रजितले लिए ८५ हजार रुपैया, कार्यवाहीका लागि पिडितले दिए प्रशासनमा निवेदन

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 93
पढ्न लाग्ने समय : 3 मिनेट

१६ चैत्र, बारा: महागढीमाई नगरपालिका वडा नम्बर-४ मलनी निवासी राजेन्द्र प्रसाद यादव, दहियार निवासी चन्द्रजित यादवले आफुहरु संग ठगी गरेको आरोप लगाएकी छिन ।

मधेस प्रदेश सरकारले गरिब बर्गका लागि निधी निवास कार्यक्रम अन्तरगत घर निर्माण कार्यको थालनी बारामा गरेपछि ती दुई जनाले महागढीमाई नगरपालिका वडा नम्बर-४ कै ६ जना घरपरिवारका सदस्यहरुसंग घर निर्माण गराउनमा नाम समावेश गराएको भन्दै ५ हजार देखि ४० हजार सम्म रकम असुल गरेको पिडितहरुले आरोप लगाएका छन ।
६ जनावाट ८५ हजार रुपैया लिएको उनीहरुको दावी रहेको छ । रामपतिसंग ४० हजार, चम्पा देवीसंग ५ हजार , अमृतासंग ५हजार , बिध्यासंग १० हजार , सितासंग ५ हजार र रम्भासंग ५ हजार रकम लिएको उनीहरुले आरोप लगाएका छन । आफुहरुले धान गहु बेचेर ति दुई जनालाई रकम दिएको उनीहरूले बताए ।

घर निर्माण गर्नु त परै जायोस पुरानो घर समेत भत्काएर आफुहरुलाई बिच्च्ली बनाएपछि घर निर्माण प्रक्रिया शुरु गराउन तथा राजेन्द्र र चन्द्रजितलाई कार्यवाही गर्न सोही ठाँउका स्थानिय रामपति देवी, चम्पा कलवारिन, अमृता देवी कानु, बिध्या पाण्डेय, सिता देवी पटेल र रम्भा देवी पासवान सहित जिल्ला प्रशासन कार्यालयमा निवेदन समेत दिएको जानकारी गराएका छन ।
एक जनाको घर निर्माणमा ५ लाख ३७ हजार रुपैयाको लागत लाग्ने भएपनि १ लाखको समेतको अहिले सम्म काम नगरेको चम्पाले आरोप लगाईन । कतिको जग खनेर लिन्टर गरेर कुर्सी उठाएको छ भने कति जनाको कुर्सी उठाएर उतिकै घर अधुरो राखेको भन्दै हामी आजित भई प्रशासनको सहरा लिएको अर्का पिडित सिता ले भनिन ।
एक त आफुहरुसंग रुपैया घुस सरह नै लियो अर्को तर्फ घर अधुरो छाडेपछि आफुहरु घर न घाटको भएको छु बिध्याले जानकारी दिईन । हामी ६ जना पाल टागेर कष्टकर जिवन बिताउन बाध्य भएकी छु उनले भनिन । यति मात्र होईन चम्पाा कलवारिनको बुहारी ६ महिनाको सुत्केरी रहेकी छिन उनीलाई अहिले आफनो घरमा अराम गर्ने समयमा भौतारिदै कहिले बिधालय, त कहिले खुल्ला चौर त कहिले अरुको घरमा शरण लिएर बस्नुपर्ने बाध्यताको समेत ती दुई जनाले सृजना गराई दिएको स्थानिय छटु महतोले भने ।
गर्मीपनि आउन लाग्यो, केही महिना पछि बर्ष पनि हुन्छ कसरी कहाँ बस्ने भने चिन्ताले सताई रहेको रम्भाले बताईन ।
यस बिषयमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी संग बुझदा ठगी भएको उजुरी यस कार्यालयमा पुगेपछि महागढीमाई नगरपालिकाको न्याययिक समितिमा पठाएको छु उनले भने ।
महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले घटनाका बारेमा छानविन भईरहेको बताउदै दोषी देखिए कानुन बमोजिम कार्यवाहीको प्रक्रिया अगाडी बढाउन्छु उनले बताए ।
यता राजेन्द्र र चन्द्रजित संग प्रक्रिया लिदा आफुहरुे पैसा नलिएको दावी गर्दै घर निर्माणमा जनता अवास कार्यालय कलैयामा पिडित भनिएको ब्यक्तिहरुको सहयोगमा गएको स्वीकार गरेका हुन ।
जनता अवास कार्यालय बाराका प्रमुख राजेन्द्र साहसंग मोवाईल नम्बर ९८५५०४९२४३ मा फौन सम्पर्क स्वीच अफ रहेको हुदा उनको प्रतिक्रिया भने आउन सकेनन ।

Leave a comment