३० कात्तिक, काठमाडौं ।
गृहमन्त्री ओम प्रकाश अर्यालले शान्ति–सुरक्षासम्बन्धी समग्र अवस्थामाथि समीक्षा तथा आवश्यक निर्णय गर्न आज केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन्। बैठक आज दिउँसो ३ बजे गृह मन्त्रालयमा बस्नेछ।
बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका एकजना रथी, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा मन्त्रालयको शान्ति–सुरक्षा महाशाखाका अधिकारीहरू सहभागी हुनेछन्।
देशभरको सुरक्षा अवस्था, हाल उत्पन्न संवेदनशीलता तथा सम्भावित जोखिमहरूबारे समिक्षा गर्दै आवश्यक रणनीतिक निर्णय गर्ने उद्देश्यले बैठक आह्वान गरिएको मन्त्रालय स्रोतले जनाएको छ।



Leave a Reply