बारा प्रहरीद्वारा करिब साढे चारलाखको केराउ बरामद

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 71
पढ्न लाग्ने समय : 1 मिनेट

१८ चैत्र,बारा: बारामा प्रहरीले गएराति करिब साढे चार लाख मुल्य बराबरको अवैध केराउ बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले कलैया उपमहानगरपालिका वडा नम्बर-१३ बलिरामपुरबाट अवैध केराउ बरामद गरेको हो ।
भारतबाट अबैध रूपमा ल्याएर बलिरामपुरको एउटा घरमा भण्डार गरि राखिएको  एक सय ८५ वटा बोरामा राखिएको चार लाख ४४ हजार मुल्य बराबरको  केराउ बिशेष सूचनाको आधारमा  बरामद गरिएको प्रहरी उपरीक्षक सन्तोष तामाङले जानकारी गराए ।
बरामद गरिएको केराउ आवश्यक कार्बाहीकोलागि वीरगन्ज भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको केराउ वीरगन्जको एकजना सिंह थरका व्यापारीको भएको स्रोतले दाबी गरेको छ ।
जिल्ला प्रहरी कार्यालयको क्राईम शाखाका एकजना प्रहरी , प्रहरी चौकी मटिअर्वा र सशस्त्र प्रहरीको मिलोमतोमा सो केराउ भारतको आदापुरबाट मटिअर्वा नाका हुँदै नेपाल ल्याईएको स्रोतले दाबी गरेको छ ।

Leave a comment