गणतन्त्र विरुद्ध अफवाह फैलाउने भारतीय संचारमाध्यमलाई प्रतिबन्ध लगाउन मांग

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 59
पढ्न लाग्ने समय : 2 मिनेट

१९ चैत्र, बारा: गणतन्त्र विरुद्ध अफवाह फैलाउने भारतीय संचारा माध्यमहरुलाई नेपालमा प्रतिबन्ध लगाउन नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति एवम प्रशिक्षण विभागका प्रमुखले गरेका छन ।
कांग्रेसका उपसभापति चन्द्रशेखर यादवले बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई आज ज्ञापनपत्र बुझाउदै यस्तो माग गरे ।
नेपालको सार्वभैमसता, आखण्डतामा आच आउने गरी मृत भई सकेको राजतन्त्रलाई प्रसई दिने गरी भारतीय गोदी मिडियाहरुले नेपाल र नेपाली जनताको भावना र मर्मलाई कुठाराघाट हुने गरी मृत भईसकेको राजतन्त्र र राजाको पक्षमा वकालत गर्दै दिगभ्रमित रुपमा समाचार सम्प्रेशन गर्ने कार्य प्रति हाम्रो गम्भिर ध्यानाकषर्ण भएको छ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

देशमा उत्कृष्ट संविधान निर्माण भई संघिय लोकतान्त्रिक गणतान्त्रिक नेपाल संस्थागत भई रहेको अवस्थामा सुशासन कायम गर्न देखि लिएर विभिन्न वेतिथीहरुलाई अन्त्य गर्दै सभ्य समाज निर्माण, भ्रष्टचारलाई न्यूनीकरण एवम् विधिको शासन कायम गर्दै देश अगाडी बढी रहेको अवस्थामा गणतान्त्रिक व्यवस्थालाई कमजोर गर्नका निमित सामसान घाटबाट उठाए राजतन्त्रलाई फेरी पनि राजाका समर्थक केहि आराजक व्यक्तिहरु ब्युताउन खोजी रहेको भन्दै अव पनि राजतन्त्र फर्काउने दिवा सपना नदेख्न विज्ञप्ती द्धारा जानकारी गराइएको छ ।
,आन्दोलनका नाममा देशमा विधन्स, आंत्तक मचाई व्यक्तिको भौतिक संरचना, सरकारी संरचना लगायतमा आगजनी, लुटपाट गर्नु र पत्रकारलाई हत्या, कुटपिट, अंगभंग गर्नु एवम् संचारगृहमा तोडफोड गरी देशलाई नै तहशनहश गर्ने दिशामा राजावादी सर्मथकहरु अघि बढी रहेको कार्यको घोर भत्र्सना एवम् निन्दा गर्दछु विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

मृतक पत्रकारका परिवार प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा गहिरो सम्वेदना समेत प्रकट समेत गरिएको छ । पत्रकारलाई हत्या गर्ने समुहको यथासिघ्र पहिचान गरी दोषीलाई कानुनको दायरामा ल्याई कडा भन्दा कडा कार्यवाही गर्न विज्ञप्ती मार्फत माँग गरिएको हो ।

मृतक परिवारलाई क्षतिपूर्ति, पत्रकारहरुको सुरक्षाको माँग, तोडफोटबाट क्षति ग्रस्त संरचनाहरुलाई निर्माणमा लाग्ने सम्पुर्ण खर्च समेत पुर्व राजा ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईबाट क्षतिपुर्ती भराउन सरकार संग माँग गरिएको विज्ञप्तीमा भनिएको छ । आजै जिल्ला प्रशासन कार्यालय पर्सामा सो ज्ञापनपत्र बुझाएको छ ।

Leave a comment