२१ चैत्र,बारा: बाराको कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले सडक निर्माण गराउन आमरण अनशनमा चेतावनी दिएका छन ।
आफ्नो कार्यकक्षमा आज पत्रकार सम्मेलनगरी नगर प्रमुख साहले मानवत मटिअर्वा सडक खण्ड अनतरगतको कलैया नगर क्षेत्र भित्रको सडकको निर्माण कार्य एक हप्तामा शुरु नगरिए आफु भरतचौकमा आमरण अनशनमा बस्ने चेतावनी दिएका हुन ।
उनले बाटो निर्माण कार्य अधुरो छोडेर ठेकेदार सम्पर्क विहीन भएका कारण जनताले सास्ती भोग्नु परेकाले आफु बाटो निर्मा गराउन आमरण अनशनमा बस्ने चेतावनी दिएका हुन ।
बाटो निर्माणकालागि संघीय सांसदहरूले कुनै चासो नदिएको गुनासो नगर प्रमुख साहले गरे ।
आफुले पटकपटक मन्त्रालय सम्म दबाब दिएपनि बाटो निर्माणको काम अघि नबढेकोले अबको एक हप्तामा निर्माण कार्य शुरु नगरिए आफु आमरण अनशनमा बस्ने नगर प्रमुख साहले चेतावनी दिए ।
सडकको निर्माण कार्य एक हप्तामा शुरु नगरिए आमरण अनशनमा बस्ने कलैयाका मेयरको चेतावनी

Leave a Reply