पत्रकार महासंघ बाराद्वारा दीप प्रज्जवलन

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 192
पढ्न लाग्ने समय : 1 मिनेट

२७ चैत्र,कलैया : स्वर्गीय पत्रकार सुरेश रजकलाई न्यायको मागगर्दै नेपाल पत्रकार महासंघ बाराले आज साँझ कलैयामा दीप प्रज्जवलन गरेको छ ।
महासंघका जिल्ला अध्यक्ष रमेश सुवेदीको नेतृत्वमा साँझ जिल्लाका संचारकर्मीले कलैया स्थित भरत चौकमा दीप प्रज्जवलन गरेका हुन ।
पत्रकार रजकको हत्या भएको लामो समय बित्दापनि हत्यामा संलग्नहरुलाई अझै पक्राउ नगरिएको विरोधमा महासंघले चरणबद्ध आन्दोलन अन्तरगत दीप प्रज्जवलन गरेको हो ।
महासंघले स्वर्गीय पत्रकारको हत्यामा संलग्नलाई कार्बाही र संचारक्षेत्रको पुर्ण सुरक्षाको ग्यारेन्टी गर्न मांग गरेको छ ।

Leave a comment