३० चैत्र , वीरगन्ज : वीरगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ ।
हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा छप्कैया चोकमा दुई समुदायबीच झडप भएको हो ।
झडपको क्रममा केही पसलहरूमा आगजनी समेत गरिएको छ । झडपमा केही स्थानीय र प्रहरी समेत घाइते भएका छन् ।
झडपलाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रुग्यास चलाएको छ ।
दुई पक्षबीचको झडपले अवस्था नियन्त्रणबाहिर जान सक्ने आकलन गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले कफ्र्यु लगाउने तयारी गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले वीरगञ्जको अवस्था तनावपूर्ण बनेपछि कफ्र्यु लगाउने तयारी गरिएको बताएका छन् । यद्यपि, कर्फ्यु कुनकुन ठाउँमा लगाउने भन्ने विषयमा अहिले जिल्ला प्रशासन कार्यालयमा छलफल भइरहेको उनले जानकारी दिए ।
Leave a Reply