काठमाडौं-१० असोज ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयमा दरबन्दी बाहेक अस्थायी वा करार कर्मचारी राख्न नपाइने निर्देशन दिएको छ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले २०८२ असोज ६ गते जारी गरेको खर्च कटौती र मितव्ययिता सम्बन्धी निर्णयलाई कार्यान्वयन गर्न शिक्षा इकाइहरूलाई निर्देशन दिइएको हो। मन्त्रालयले नेपाल सरकार, प्रदेश तथा स्थानीय तहले स्वीकृत गरेका दरबन्दीमा मात्रै कर्मचारी राख्न सकिने प्रष्ट पारेको छ।
निर्देशक महाश्वर गौतमद्वारा जारी पत्रमा विद्यालय तथा शिक्षकसम्बन्धी खर्चमा समेत मितव्ययिता अपनाउन, दरबन्दीबाहेक अतिरिक्त कर्मचारी नराख्न र सोअनुसार कार्य गर्न सबैलाई आग्रह गरिएको छ।



Leave a Reply