बारामा दुर्घटनामा दुईजनाको मृत्यु

बिश्व खबर
पढ्न लाग्ने समय : 1 मिनेट

५ वैशाख,बारा : पुर्व पश्चिम राजमार्ग अन्तरगत बाराको जितपुर सिमरा उपमहानगरपालिका-१६ स्थित भुईपुल नजिक ट्रीपर र कार ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।

निजगढबाट पथलैया जाँदै गरेको प्र २-०३-००१ख०६०७ नम्बरको टिपर र विपरीत दिशाबाट आइरहेको बा ०१-०२५ च ५०७६ नम्बरको कार जीतपुर सिमरा नगरपालिका १६ स्थित भूइँपुल नजिक दिउँसो ३ बजेतिर ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा चालक सर्लाहीको सुन्दरपुरका जितनारायण साह र कारमै सवार सर्लाहीको बरहथवा नगरपालिका-१५ का नारायणहरी शर्माको मृत्यु भएको प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी गराए ।

Leave a Comment