२१ पुस, बारा : शान्ती सुरक्षा र अवैध कार्य नियन्त्रणको जिम्मा पाएको प्रहरी नै आर्थिक लाभको गोरख धन्दामा लागेको पाईएको छ ।
बाराको जितपुर स्थित ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक मोहननारायण यादव एनी हाउ पैसा कमाउ अभियानमा लागेको रहस्य बाहिर आएको हो ।
सई यादव तस्करीको समान संरक्षण गरि आर्थिक लाभमा लागेको प्रहरी स्रोतले जनाएको छ ।
सई यादवले जितपुरमा दुईजना व्यापारीको तस्करीको समान भण्डार गर्नदिए बापत मासिक ७० हजार भन्दा बढी रकम लिएको नाम नछाप्ने शर्तमा एकजना व्यापारीले वताए ।
सरोज र प्रदिप नाम गरेका दुईजना व्यापारीसंग सई यादवले मासिक ७० हजार लिएको ती स्रोतको दाबी छ ।
ती दुईजना व्यापारीसंग भेटेर सई यादवले रकमको लेनदेन गरेका हुन ।
ती दुईजना व्यापारीले पर्सा जिल्लाको नाकाहुँदै भारतबाट परसवा बाटो हुँदै जितपुर खलवा टोलामा ल्याएर स्थानीय एकजनाको घरमा भण्डारण गर्ने गरेको स्रोतको दाबी छ ।
यसरी भन्डारण गरिएको समान साँझमा गाडीमा हालेर हेटौंडा, चितवन लगायतका ठाउँमा पठाउने गरिएको छ ।
राती १२ बजे देखि बिहान पाँच बजे सम्म ५ देखि ७ वटा मोटरसाइकलमा व्यापारीहरुले पर्सा जिल्लाबाट परसवा हुँदै जितपुर ल्याउने गरेको स्थानीयले बताएका छन ।
सई यादवले भने आफुले कसैसँग पैसा नलिएको दाबी गरेका गरेका छन ।