८ बैशाख, बारा: वैदेशिक रोजगारीकालागि कतारमा गएका एकजना नेपाली नागरिक बिरामी भई उपचार गराइरहेको अवस्थामा जनमत पार्टीका केन्द्रिय सदस्य उमेश दुबेले आर्थिक सहयोग गर्दै नेपाल सरकार संग उद्धार गर्न आग्रह गरेका छन ।
फेटा गाउपालिका वडा नम्बर-७ निवासी समसुल मिया अंसारी काम गर्न उदेश्यले कतार पुगेपनि बिरामी भई बिगत चार महिनादेखी अस्पतालमा उपचार्थ रहेको बताउदै नेपाल सरकार संग उद्धार गर्न दुबेले आग्रह गरेका छन ।
केन्द्रिय सदस्य दुवेले आर्थिक सहयोग स्वरुप ५ हजार रुपैया प्रदान गर्दै नेपाली नागरिकको हैसियतले आ आफ्नो ठाउहरुबाट सहयोग गर्न अपिल समेत गर्नुभयो ।

