१६ बैशाख,बारा : बारामा प्रहरीले प्रतिबन्धित लागुऔषध सहित दुईजनालाई पक्राउ गरेको छ।
प्रहरीले एक भारतीय सहित दुईजनालाई पक्राउ गरेको हो ।ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटेको टोलीले भारतको बिहार मोतिहारी अरेराज मलाहीका २३ वर्षिय नितेश कुमार ठाकुर र पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर-१६ का २६ वर्षिय सिद्धान्त पटेललाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
विशेष सुचनाको आधारमा अमलेखगंजबाट प्रहरी बरिष्ठ नायब निरिक्षक टेकबहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरीको टोलीले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर-२१ अमलेखगंज स्थित प्रहरी कार्यालय अगाडी चेक प्वाइन्टबाट भारतीय कारबाट वीरगन्जबाट हेटौडा तर्फ जादै गरेको अवस्थामा लागु औषध सहित दुबैजनालाई पक्राउ गरेको हो ।
बिआर ०५ बिए ४८१७ नम्बरको भारतिय कारको पछाडिको सिट मुनि फल्स बटम बनाई लुकाई छिपाई लैजादै गरेको २ हजार ९ सय ६५ पत्ता (प्रति पत्तामा १० पिस) मा गरी २९ हजार ६ सय ५० पिस ट्रमाडोल हाईड्रो क्लोराइड क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ ।





