पत्रकार महासंघद्वारा कलैयामा प्रभातफेरि

बिश्व खबर
पढ्न लाग्ने समय : 1 मिनेट

२० बैशाख,बारा: बिश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ बाराले आज प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ ।
कलैया स्थित भरत चौकबाट निस्किएको प्रभातफेरि जिल्ला प्रशासन कार्यालय पुगेर भरत चौकमा पुगी कोणसभामा परिणत भयो ।
कोणसभामा बोल्दै वक्ताहरुले राज्यले पुर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिए ।
जिल्ला अध्यक्ष रमेश सुवेदीको अध्यक्षतामा सम्पन्न कोणसभामा महासंघका केन्द्रिय सचिव अशोक तिवारी ,केन्द्रिय सदस्य सिकेन्द्र पासवान, प्रदेश कोषाध्यक्ष अनिल गौरव,प्रेस सेन्टरका केन्द्रिय रामबाबु मेहता लगायतले मन्तव्य व्यक्त गरे ।
कार्यक्रमको संचालन उपाध्यक्ष पन्नालाल दासले गरेका थिए ।

Leave a Comment