लोसपा अध्यक्ष सोनलले गरे मन्दिरको प्रवेश द्वारको उदघाटन

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 154
पढ्न लाग्ने समय : 1 मिनेट

लोकतान्त्रिक समाजवादी पार्टीका मधेस प्रदेश अध्यक्ष एवं प्रदेश सभा सदस्य जितेन्द्र सोनलले आज एक कार्यक्रमका बीच बिश्रामपुर गाउँपालिकामा एउटा मन्दिरको प्रवेश द्वारको उदघाटन गर्नु भएको छ । पुर्व मन्त्री समेत रहनु भएका लोसपा प्रदेश अध्यक्ष सोनलले बिश्रामपुर गाउँपालिका-१ छतवा स्थित शिव मन्दिरको प्रवेश द्वारको उदघाटन गर्नु भएको हो। सोनलको संसदीय बिकास कोषबाट गत बर्ष निर्माण सम्पन्न प्रवेश द्वारको नेता सोनलले धार्मिक विधि अनुसार उदघाटन गर्नु भएको हो । प्रवेश द्वारको उदघाटन गर्दै प्रदेश सभा सदस्य सोनलले आफू बिकासकालागी अहोरात्र खटिरहने बताउनु भयो। सो कार्य क्रममा लोसपा नेता अजय गुप्ता, कृष्ण साह लगायतको उपस्थिति रहेको सोनलका स्वकीय सचिव रमेश सरार्फले जानकारी गराउनु भयो।

Leave a comment