बारा योङ्ग कम्युनिस्ट लिगको अध्यक्षमा शुभनारायण पटेल चयन

बिश्व खबर
बिश्व खबर
पढ्न लाग्ने समय : 2 मिनेट

१४ जेठ, बारा: बाराको कलैयामा योङ कम्युनिष्ट लिगको ५ औं सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनले शुभनारायण पटेलको अध्यक्षतामा दोस्रो कार्यकालको लागि समिति गठन गरेको छ ।

पटेलको नेतृत्वमा ५५ सदस्यीय जिल्ला कार्य समिति सर्वसहमती गठन भएको छ ।

समितिको उपाध्यक्ष मा हरि रिजाल , सुनिल पटेल , नरसिमा खातुन , सचिव मे जहागिर हुसेन , सह-सचिव कन्चन पासवान , जयमंगल पटेल , कोषाध्यक्ष नवल यादव सर्वसहमती बाट चयन भएका छन ।

समितिको सदस्यमा संजय साह , मुकेश चौधरी , वृजकिशोर यादव , सदाम हुसेन , विकास कुमार कुशवाहा , एजा्ज मंसुर , नवलकिशोर यादव , श्याम थोकार , श्याम प्रसाद मण्डल , नागेश्वर महतो , मंगिसुल्ला अंसारी , उकेन्द्र पासवान , कन्चन पासवान , कृष्ण प्रसाद साह , मन्दिप यादव , जयमंगल कुमार , अरविन्द गुप्ता , मुरारी सरार्फ , कृष्ण पटेल , विशाल पटेल ,पप्पु पटेल सर्वसहमति बाट चयन भएका छन ।
जिल्ला अध्यक्ष पटेलको सभापति्तवमा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शिला खानाल , विशिष्ट अतिथी योङ कम्युनिष्ट लिगका केन्द्रीय सचिव अनिल पासवान , अतिथि कलैया उपमहानगरपालिकाको केन्द्र का नगर कमिटी अध्यक्ष मुकेश साह , महागढीमाई नगरपालीका का केन्द्र अध्यक्ष प्रहलाद सहनी , परवानीपुर गापा को पार्टी अध्यक्ष लालबाबु पटेल , अनेरास्ववियु कान्तिकारी का नेता विवेक साह , कान्तिकारी बारा अध्यक्ष संदिप यादव मजदुर नेता रामेश्वर पटेल लगायत का ब्यक्तित्व सहभागी रहेको थियो र कार्यक्रमको सञ्चालन सोनु पटेल गरेका थिए।

Leave a comment