बारामा आठ बर्षीय बालिका बलात्कृत

बिश्व खबर
बिश्व खबर
पढ्न लाग्ने समय : 1 मिनेट

१६ जेठ,बारा: बारामा एक आठ बर्षीय बालिकाको बलात्कार भएको छ ।
बाराको प्रसौनी गाउपालिका वडा नम-६ प्रष्टोका बेलहियाकी आठ बर्षीय बालिकाको बलात्कार भएको प्रहरीले जनाएको छ ।
गएको मंगलबार बलात्कारमा परेकी ती बालिकाको वीरगन्ज स्थित नारायणी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा सातजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी गराए ।
पीडित परिवारले भने प्रहरीले गम्भीर भएर अनुसन्धान नगरेको आरोप लगाएको छ ।

Leave a comment