जनमत प्रेस संघ बाराको अध्यक्षमा पाण्डे चयन

बिश्व खबर
बिश्व खबर
पढ्न लाग्ने समय : 1 मिनेट

२४ जेठ,कलैया: जनमत पार्टीको भातृसंगठन प्रेस जनमत संघ बाराको बिस्तृत बैठकले प्रेस जनमत संघ बाराको जिल्ला अध्यक्ष अनिल पाण्डेको नेतृत्वमा ११ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

आज पार्टीका जिल्ला ईन्चार्ज तथा केन्द्रिय सदस्य शिवनाथ पटेलको अध्यक्षतामा बाराको कलैयामा बसेको बैठकले पाण्डेको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्ष श्याम गिरी र संजय सहनी सचिवमा चन्देश्वर चौरसिया (राजु चौरसिया), सहसचिवमा साबिर आलम, कोषाध्यक्षमा उपेन्द्र पासवान सदस्य धिरेन्द्र ठाकुर लगायत चयन भएका छन ।

बैठकले निबर्तमान अध्यक्ष अमरेश पाण्डेलाई केन्द्रिय सदस्यकालागी नाम सिफारिस गर्ने निर्णय गरेको हो।

बैठकमा पार्टीका केन्द्रिय सदस्य उमेश दुबे मधेस प्रदेश उपाध्यक्ष सन्तोष पटेल लगायत जिल्लाका नेताहरूको उपस्थिति रहेको थियो ।

Leave a comment