नन्दु राउत कुर्मी हत्या प्रकरण: मुख्य आरोपीसहित पाँच जना पक्राउ

बिश्व खबर
पढ्न लाग्ने समय : 1 मिनेट
Oplus_131072

६ असार,बारा : बारा प्रहरीले नन्दु राउत कुर्मीको हत्यामा संलग्न मुख्य आरोपी उमेश जैसवालसहित पाँच जनालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।
गएको जेठ २९ गते कलैया उपमहानगरपालिका वडा नम्बर १४ बघवन टोलस्थित उमेश साहको राइस मिल्सअगाडि ५० वर्षीय नन्दु राउत कुर्मीको कुटपिटबाट मृत्यु भएको थियो।

मृतकका छोरा २६ वर्षीय दिपेन्द्र पटेलले दिएको जाहेरी दरखास्तअनुसार प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। घटनामा संलग्न रहेको आरोप लागेका व्यक्तिहरूमा बघवन टोलका उमेश जैसवाल (मुख्य आरोपी), उनकी श्रीमती ३५ वर्षीया रन्जु देवी, छोराहरू २० वर्षीय सुमित जैसवाल, १८ वर्षीय सुजित कुमार जैसवाल र २५ वर्षीय अमित जैसवाल, साथै रामचन्द्र प्रसादका छोरा ३४ वर्षीय दिगम्बर प्रसाद जैसवाल रहेका छन् ।

Leave a Comment