बारा प्रहरीद्वारा करिब ५४ लाखको समान सहित ट्रक पक्राउ

बिश्व खबर
पढ्न लाग्ने समय : 1 मिनेट

९ जेठ,बारा: बारामा प्रहरीले करिब ५४ लाख मुल्य बराबरको समान सहित ट्रक नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय जितपुरबाट खटेको प्रहरी टोलीले आज ५४ लाख ३५ हजार मुल्य बराबरको कपडा, धागो, चप्पल लगायतका समान सहितको ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले वीरगन्जबाट भैरहवा जाँदै गरेको ना ५ ख ६७४७ नम्बरको ट्रक सहित समान नियन्त्रणमा लिएको प्रहरी निरीक्षक खेम प्रसाद नेपालले जानकारी गराए ।
जितपुरबाट बरामद गरिएको समान समान आवश्यक कार्बाहीकोलागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको प्रहरीले जनाएको छ ।

Leave a Comment