बाराको कोल्हबीमा ईन्स्पेक्टरका दुत सहायक हवल्दार मण्डलको आर्थिक आतंक

बिश्व खबर
बिश्व खबर
पढ्न लाग्ने समय : 2 मिनेट
Oplus_0

१२ असार,कोल्हबी: बाराको कोल्हबीमा एकजना नेपाल प्रहरीका घुमुवाले आर्थिक आतंक मचाएका छन ।
ईलाका प्रहरी कार्यालय कोल्हबीले घुमुवाका रूपमा खटाएका प्रहरी सहायक हवल्दार चन्देश्वर मण्डलले आर्थिक आतंक मच्चाएको स्थानीयबासीले आरोप लगाएका छन ।
ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रमुख प्रहरी निरीक्षक रंजन मिश्रको बिश्वासिलो पात्रको रूपमा घुमुवाको रूपमा प्रहरी सहायक हवल्दार मण्डल परिचालित भएका छन ।
ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिश्रले क्यु आरटी टोलीमा खटाएर डीउटीसंगै घुमुवाको रुपमा सहायक हवल्दार मण्डललाई खटाएर आर्थिक संकलन गराउँदै आएका छन ।

क्यु आरटीमा डीउटी गर्दा बर्दी लगाएरै र डीउटी सकिएपछि सादा पोशाकमा प्रहरी हवल्दार मण्डलले सूचना संकलनको बहानामा आर्थिक संकलनमा व्यस्त रहने गरेको प्रहरी स्रोतले दाबी गरेको छ ।

प्रहरी हवल्दार मण्डलले अवैध रुपमा संचालित रक्सी भट्टी, काठ तस्कर, गाँजाका व्यापारी, भारतबाट सरसमान तस्करी गर्नेहरुसंग रकम लिने गरेको प्रहरी स्रोतले दाबी गरेको छ ।
स्थानीय एक रक्सी भट्टीका संचालिकाका अनुसार प्रहरी सहायक हवल्दार मण्डलले महिनावारी रकम नदिए भट्टी फुटाएर समानहरु नियन्त्रणमा लिई मुद्दा चलाउने धम्की दिएर पैसा लिने गरेका छन ।
प्रहरी सहायक हवल्दार मण्डलले प्रसौना,कोल्हबी,सपही, जुगवा लगायतका ठाउँमा संचालित अवैध रक्सी भट्टीहरुसंग महिनावारी रकम लिने गरेका छन ।

प्रहरी सहायक हवल्दार मण्डलले घोडासाहनबाट कोल्हबी र निजगढ अवैध रुपमा समान ओसार्ने विनोद, निकेशर,राजु,आर्यन, राकेश, पप्पु,राजन, सुर्या लगायतकाहरुसंग महिनाको तीन हजार देखि सात हजार सम्म लिने गरेको एक व्यापारीले बताए ।
मण्डलले प्रहरी निरीक्षक मिश्रको नाममा केही क्रसरहरुसँग समेत रकम लिने गरेका छन ।
भारतबाट फुल र माछाको तस्करी गर्ने एकजना व्यापारीसंग प्रहरी सहायक हवल्दार मण्डलले प्रहरी निरीक्षक मिश्रसंग भेट गराएर महिनावारी रकम लिएका छन ।
प्रहरी निरीक्षक मिश्रले आफुले कसैलाई घुमुवा नराखेको प्रतिक्रिया दिंदै कसैलाई पैसा उठाउन जिम्म नदिएको स्पस्ट पारे

Leave a comment