काठमाडौं, साउन १२ — काभा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत नेपालले आज कजाखस्तानसँग पाँचौं स्थानका लागि प्रतिस्पर्धा गर्दैछ। प्रतियोगितामा लगातार पाँच खेल गुमाएको नेपाल अन्तिम खेलमा जित निकाल्दै सुखद अन्त्य गर्ने लक्ष्यमा रहेको छ।
पाकिस्तानको इस्लामावादमा हुने यो खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ।
राउण्ड रोबिन चरणको पहिलो भेटमा नेपालले कजाखस्तानलाई कडा चुनौती दिए पनि ३–२ सेटले पराजित भएको थियो। अब पाँचौं स्थानका लागि पुनः दुवै टोली आमनेसामने हुन लागेका हुन्।
यसअघि नेपाल पाकिस्तान र उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो भने कजाखस्तान, बंगलादेश र श्रीलंकासँग ३–२ को प्रतिस्पर्धात्मक हार बेहोरेको थियो।
प्रतियोगिताबाट बाहिरिइसकेको नेपाल अब कजाखस्तानविरुद्ध जित निकाल्दै प्रतियोगिताको अन्त्य सकारात्मक नतिजासहित गर्ने लक्ष्यमा मैदान उत्रिनेछ।
काभा पुरुष भलिबल : पहिलो जितको खोजीमा आज कजाखस्तानविरुद्ध नेपाल
Leave a Comment
Leave a Comment

