२५ असार,गौर:रौतहटमा प्रहरीकै सेटिङ्गमा तस्करी तीब्र भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटको अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी निरीक्षक सरोज डल्लाकोटीले दुईजना घुमुवा परिचालनगरि तस्करी तीब्र बनाएको स्थानीयले आरोप लगाएका छन ।
प्रहरी निरीक्षक डल्लाकोटीले प्रहरी सहायक हवल्दार अनिल रायभर र प्रहरी जवान नागेन्द्र यादवलाई परिचालनगरि तस्करी तीब्र बनाएको स्रोतले दाबी गरेको छ ।
प्रहरी सहायक हवल्दार रायभर बसपार्क प्रहरी चौकीमा र प्रहरी जवान यादव जिल्ला कारागार रौतहटमा कार्यरत रही प्रहरी निरीक्षक डल्लाकोटीको निर्देशनमा तस्करीहरुसंग पैसा लिएर तस्करी गराई रहेको एकजना प्रहरी अधिकृतले दाबी गरेका छन ।
प्रहरीको सेटिङ्गमा मुस्तुफा र बरकत नाम गरेको व्यापारीले कपडा तस्करीको लाइन पाएका छन ।
प्रहरीले कान्छा भन्नेलाई राँगाको, रुपेश भन्नेलाई किराना समानको लाईन दिएको छ ।
राजकिशोरले चिनी,अमरदीपले कपडा,भोलाले मोबाईल पार्टस,गुड्दुले किराना समानको लाईन पाएको प्रहरी स्रोतले दाबी गरेको छ ।
प्रहरी निरीक्षक डल्लाकोटीले खटाएको प्रहरी सहायक हवल्दार रायभर र जवान यादवले तस्करहरुसंग रकम संकलन गर्ने स्रोतले दाबी गरेको छ । प्रहरी निरीक्षक डल्लाकोटीले कुनै घुमुवा परिचालन नगरेको र कसैसँग पैसा नलिएको दाबी गरे ।
रौतहटमा प्रहरीकै सेटिङ्गमा तस्करी, प्रहरी निरीक्षक डल्लाकोटीद्वारा घुमुवा परिचालनगरि असुली
Leave a Comment
Leave a Comment


