बिश्वास एफएम ११ औ बर्षमा प्रवेश

बिश्व खबर
पढ्न लाग्ने समय : 1 मिनेट

२७ असार,कलैया: बाराको कलैया स्थित बिश्वास एफएम आजबाट ११ औ वर्षमा प्रवेश गरेको छ ।
यो अवसर पारेर जितपुर सिमरा उपमहानगरपालिका ७ मा रहेको सन्जिवनी वाटिका(बृद्दाश्रम) मा दुई थान फलामे बेन्च र विभिन्न खाद्यान्न सामग्री बितरण गरिएको अध्यक्ष प्रियंका दासले बताईन ।
वाटिकाका संस्थापक नेपाली काङ्ग्रेस का केन्द्रिय सह महामन्त्री फरमुल्लाह मन्सूरले एउटा सन्चार माध्यमले समाजका ज्येष्ठ नागरिकको सम्मानका लागि पनि सहयोग गरेको हेर्दा आफू अत्यन्तै प्रभावित भएको बताए । उनले रेडियोको अझ प्रगतिको कामना गरे ।
वि.सं.२०७२ साल असार २७ गतेबाट सुरुवात भएको भुई तहको आवाज बिहिनको आवाज बन्दै निरन्तर प्रशारण भैरहेको यो रेडियो १० बर्ष पार गरि ११ वर्षमा प्रवेश गरेको हो ।
५०० वाटको ट्रान्समिटरबाट दैनिक १८ घण्टा प्रसारण सुरु गरेको रेडियो बिश्वास हाल पनि १८ घण्टा प्रसारण गर्दै आएको छ ।
रेडियोले हाल २ भाषामा समाचार र ३ भाषामा कार्यक्रम प्रसारण गर्दै आएको छ । हाल रेडियोको साथै अनलाइन तथा मोबाइल एपबाट समेत सुन्न सकिने व्यवस्था गरेको छ ।

उक्त अवसरमा एफ.एम.का प्रबन्ध निर्देशक साजिर मन्सूर,नेपाली काङ्ग्रेसकी नेतृ मेघा शाही,नेपाली काङ्ग्रेस निर्वाचन क्षेत्र नम्बर ३ का सचिव राजेश भन्डारी,एफएम का कार्यक्रम संयोजक सज्जाद अन्सारी,बजार प्रमुख भुवन यादव,शिल्पा कुश्वाहा,राकेश ठाकुर,शेखर भण्डारी,नेबि संघका नेता सागर पटेल,अफरोज आलम,ओसि अहमद अन्सारी,हारुण अन्सारी लगायतकाको उपस्थिति थियो ।

Leave a Comment