२६ पुस, बारा : बारामा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट एक करोड ५ लाख भन्दा बढीको भन्सार छलिका सामान सहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ ।
प्रहरीले जीतपुर सिमरा उप–महानगरपालिका वडा नम्बर–७ जीतपुर चोकबाट ईलाका प्रहरी कार्यालय जीतपुरको ७३ लाख ८४ हजार ४१७ मूल्य बराबरको विलविजक भन्दा बढी सामान सहित ट्रक नियन्त्रणमा लिएको छ ।
वीरगन्जबाट सप्तरीतर्फ जादै गरेको ना ५ ख २६०९ नम्बरको डिब्बा ट्रकमा लोड गरेको टायर, औषधि, इप, स्प्रे टैङक लगायत अन्य खुद्रा समान सहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।
बाराको महागढीमाई नगरपालिका वडा नम्बर–७ तेलकुवा चोकबाट भन्सार छलीको ६० हजार रूपैया बराबरको कस्मेटीक समान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले जीतपुर सिमरा उपममहानगरपालिका वडा नम्बर–१ पथलैयाबाट वीरगंजबाट चितवनतर्फ जादै गरेको ना ३ ख ५०३९ नम्बरको ट्रकमा लोड रहेको ३१ लाख ५१ हजार रुपैंया बराबरको सामान बरामद गरेको छ ।
उक्त ट्रकमा टायर, मोटर पार्ट्स, केमीकल पाउडर र ईलेक्ट्रिकल समान लगायत अन्य खुद्रा समानहरू फेला परेको प्रहरीले जनाएको छ ।
सामान सहित नियन्त्रणमा लिईएको ट्रकलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।