६ श्रावण,बारा: संविधानसभा सदस्य प्रमोद गुप्ता र मधेस प्रदेशका पुर्व सदस्य पारस साहको प्रवेशले जनमत पार्टी बारामा बलियो भएको छ ।
गुप्ता र साहको प्रवेशले जनमत पार्टी निर्वाचन क्षेत्र नम्बर- मा बलियो भएको दाबी जनमत पार्टीको छ ।
गुप्त२०६४ सलमा भएको पहिलो संविधानसभा सभाको निर्वाचनमा क्षेत्र नम्बर-३ बाट निर्वाचित भएका थिए ।
साह पनि बाराको क्षेत्र नम्बर-३ ख बाट निर्वाचित भएका थिए ।
हिजो कलैया स्थित एक होटलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा गुप्ता जनमत पार्टीमा प्रवेश गरेका हुन ।
गुप्तासंगै मधेस प्रदेश सभाका पुर्व सदस्य पारस साहपनि जनमत पार्टीमा प्रवेश गरेका हुन ।
दुबैजना नेता अशोक राई नेतृत्वको जसपा पार्टी परित्याग गरेर जनमतमा प्रवेश गरेका हुन ।
गुप्ता र साहलाई जनमत पार्टीका केन्द्रिय अध्यक्ष डाक्टर सिके राउत र मधेस प्रदेशका मुख्यमन्त्री सतीष कुमार सिंहले फुलमाला लगाएर पार्टी प्रवेश गराएका हुन ।
गुप्ता र साहको प्रवेशले जनमत पार्टी बलियो
Leave a Comment
Leave a Comment


