२१ श्रावण,बारा: आमा र शिशुको सुरक्षा हामी सबैको दायित्व रहेको जिल्ला समन्वय समितिबाराका सभापति नरेन्द्र कुमर साहले बताए ।
बुधबार जिल्ला समन्वय समिति बाराको सभाहलमा नवशिशु जिल्ला परियोजना सल्लाहकार समितिको बैठकको प्रमुख अतिथिको समेत रहेका सभापतिले यस्तो बताए ।
जिल्लामा रहेका बर्थिग सेन्टर व्यवस्थापन गरि आमा र शिशुको ज्यान जोगिने भएकोले पालिका प्रमुख सङग समन्वय गरेर बर्थिग सेन्टर व्वस्थित गर्ने आफू पहल गर्ने वहाले बताए ।
one heart को आर्थिक सहयोग, जनजागरण युवा क्लबको सहजीकरण र स्थानीय सरकारको समन्वय संचालित उक्त कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रामनरेश यादव ,जिल्ला समन्वय समितिका प्रमुख अनुम ढकाल,राधेन्द्र कर्ण ,पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुबेदी,सरो अधिकारी ,कलैया उपमहानगर पालिका स्वास्थ प्रमुख मनोज कुमार यादव ,सन्तोष नेपाल लगायतले सल्लाह सुझाव दिएका थिए।
आमा र शिशुको सुरक्षा हाम्रो दायित्व -सभापति साह
Leave a Comment
Leave a Comment


