कलैयामा राजयोगिनी दादी प्रकाशमणिजीको १८औँ पुण्य स्मृति तथा विश्व भ्रातृत्व दिवसमा रक्तदान कार्यक्रम हुने

बिश्व खबर
पढ्न लाग्ने समय : 1 मिनेट

३१ श्रावण,बारा: राजयोगिनी दादी प्रकाशमणिजीको १८औँ पुण्य स्मृति दिवस तथा विश्व भ्रातृत्व दिवसको अवसरमा आउँदो शनिबार (भदौ ७ गते) कलैयामा रक्तदान कार्यक्रम हुने भएको छ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र कलैयाको आयोजनामा हुने उक्त कार्यक्रम नेपाल र भारतका अधिकांश ब्रह्माकुमारी सेवा केन्द्रहरूमा एकैसाथ सञ्चालन गरिने भएको छ।

रक्तदान तयारीसहित आयोजित छलफल कार्यक्रममा सेवा केन्द्र प्रमुख मिना दिदि, सुषमा बहन, रोशनी बहन, मिना बहनलगायतले रक्तदानको महत्वबारे जानकारी दिएका थिए।

कार्यक्रममा नेपाल शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनी, नेपाल शिक्षक महासंघका पूर्व अध्यक्ष देवेन्द्र गिरी, लायन्स क्लब बाराका अध्यक्ष सुर्यजित सिंह, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान, नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष पानालाल दास, रामराजा क्याम्पसका अमित मिश्र, गोपाल सेवा समिति बाराका अध्यक्ष जङ्गबहादुर यादवसहितको उपस्थिति रहेको थियो।

आयोजकले रक्तदानलाई जीवनदायी सेवा बताउँदै स्थानीय तहका विभिन्न संघसंस्थाको सक्रियताले कार्यक्रमलाई सफल बनाउने विश्वास व्यक्त गरेका छन्।

Leave a Comment