डाक्टर गोविन्द केसीले अनसन तोडे

बिश्व खबर
पढ्न लाग्ने समय : 1 मिनेट

१७ भाद्र, काठमाडौ : चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले आफ्नो अनसन तोडेका छन् । उनले मंगलबार दिउँसो करिब २ बजे गेटा मेडिकल कलेजमा उपचाररत बिरामी पृतम चौधरीको हातबाट जुस ग्रहण गर्दै अनसन तोडेका हुन् ।

गत आइतबारदेखि अनसन बसेका डा. केसीको स्वास्थ्य अवस्था क्रमशः बिग्रँदै गएको थियो । मंगलबार बिहान उनको मुटुको चालमा गडबडी देखिएपछि स्वास्थ्य जोखिम बढेको भन्दै चिकित्सकहरूले चिन्ता व्यक्त गरेका थिए ।

डा. अमृत जैसीले जानकारी दिँदै भने, “उहाँको स्वास्थ्य अवस्था बिग्रँदै गएकाले अनसन तोड्नुपरेको हो।”

चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि निरन्तर संघर्षरत डा. केसी यसअघि पनि पटक–पटक आमरण अनसन बसेर सरकारलाई दबाब दिँदै आएका छन् ।

Leave a Comment