चैत ४, २०८२, काठमाडौं-प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गर्दै रुद्राभिषेक पूजाअर्चना गरेकी छन्। निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको अवसरमा उनले देशलाई शान्ति र स्थायित्वको मार्गमा अगाडि बढाउने कामनासहित सबैतर्फबाट प्राप्त समर्थनप्रति कृतज्ञता व्यक्त गरिन्।
प्रधानमन्त्री कार्कीले आगामी दिनमा देश उन्नतिको मार्गमा अघि बढोस् र नेपालीबीच एकता, सद्भाव र आत्मीयता बलियो होस् भन्ने कामना समेत गरेकी छन्।
पूजा कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, र कार्यकारी निर्देशक सुवास जोशी उपस्थित थिए।
प्रधानमन्त्रीको सचिवालयले जनाएको छ कि पूजा–अर्चनाबाट देशभर शान्ति, एकता र समृद्धि कायम रहोस् भन्ने सन्देश व्यक्त गरिएको छ।

