नयाँ सरकारको नेतृत्वबारे जंग्गीअड्डा बाहिर विवाद

बिश्वखबर
पढ्न लाग्ने समय : 1 मिनेट

२५ भदौ, काठमाडौं — आगामी सरकारको नेतृत्वको विषयलाई लिएर नेपाली सेनाको मुख्यालय जंग्गीअड्डा बाहिर युवाहरूबीच विवाद उत्पन्न भएको छ। बुधबार दिउँसो जेनजी प्रतिनिधिले पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीको नाम नयाँ सरकारको नेतृत्वको लागि प्रस्ताव गरेका थिए।

तर, जंग्गीअड्डा बाहिर भेला भएका जेनजी युवाहरूले कार्कीको प्रस्तावको विरोध गर्दै नाराबाजी गरिरहेका छन्। उनीहरूले कार्कीको सट्टा काठमाडौं महानगरपालिकाका मेयर **बालेन्द्र शाह (बालेन)**लाई नेतृत्वमा ल्याउनुपर्ने माग गरेका छन्।

यसअघि, मेयर बालेनले पनि जेनजीसँग सम्पर्क गर्दै सेना प्रमुखसँग वार्ता गर्न तयार रहेको बताएका थिए। बुधबार बिहान जेनजी प्रतिनिधि वार्ताका लागि जंग्गीअड्डा पुगेका थिए। तर, सेना प्रमुख अशोकराज सिग्देलले १५ जनाभन्दा बढी नभइ आपसमा सहमति गरेर आउनुपर्ने र संयोजक तोकेर आउनुपर्ने निर्देशन दिएका थिए।

बैठकका क्रममा कतिपयले गणतान्त्रिक व्यवस्थाविरुद्ध प्रस्ताव राखेपछि रक्षा समूह बाहिरिएका थिए। अन्ततः, जेनजी प्रतिनिधि र अन्य सहभागीबीच सुशिला कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउने सहमति भएको बताइएको छ।

यद्यपि, जंग्गीअड्डा बाहिरको भीड अझै नाराबाजी गर्दै छ र विवादपूर्ण अवस्था कायमै छ।

Leave a Comment