भदौ २६, काठमाडौं।
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान विषम परिस्थितिमा संवैधानिक दायराभित्र रही राजनीतिक निकास दिन आवश्यक पहल भइरहेको बताएका छन्।
आज जारी गरिएको विज्ञप्तिमा उहाँले लोकतन्त्रको संरक्षण र शान्ति–सुव्यवस्था कायम गर्न आफू निरन्तर विचार–विमर्शमा रहेको उल्लेख गर्नुभएको छ। आन्दोलनकारी नागरिकका माग सम्बोधनका लागि छिटो समाधान खोज्ने प्रक्रियामा सरकार र सरोकारवाला निकाय संलग्न रहेको बताउँदै राष्ट्रपति पौडेलले सबै पक्षलाई संयमित रहि शान्ति स्थापनामा सहयोग गर्न अपिल गर्नुभएको छ।
उहाँले मुलुकमा देखा परेको असहज परिस्थितिको शीघ्र समाधानको आवश्यकता औंल्याउँदै राजनीतिक निकासका लागि संवाद र आपसी सहमतिको बाटो अपनाउन सबैलाई आग्रह गर्नुभएको छ।



Leave a Reply