भाद्र २६,जिल्लाको शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय बाराले आज राति ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म जिल्लाभर कर्फ्यु आदेश लागू गरेको छ।
प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम यो आदेश जारी गरिएको जनाएका छन्।
हालको विषम परिस्थितिमा सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने, लुटपाट, आगजनी र व्यक्ति लक्षित आक्रमणजस्ता अवाञ्छित गतिविधि रोक्न कर्फ्यु आदेश जारी गरिएको प्रशासनले स्पष्ट पारेको छ।
कर्फ्यु अवधिमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न प्रतिबन्ध लगाइएको छ। तर, अत्यावश्यक सेवा— एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक, मानव अधिकारकर्मी तथा कूटनीतिक नियोगका सवारीसाधनलाई भने सहजीकरण गरिने विज्ञप्तिमा उल्लेख छ।
त्यसैगरी, हवाई टिकटको आधारमा यात्रुहरुलाई पनि आवतजावतमा छुट दिइने प्रशासनले जनाएको


