कांग्रेसको ‘भिजन–१०’ सार्वजनिक : सम्मानित जीवनदेखि समुन्नतिसम्मको लक्ष्य

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

६ फागुन, काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी घोषणापत्रका रूपमा ‘भिजन–१०’ सार्वजनिक गरेको छ। जनकपुरधाममा आयोजित चुनावी सभामा सभापति गगनकुमार थापाले उक्त भिजन सार्वजनिक गरेका हुन्।

कांग्रेसका अनुसार ‘भिजन–१०’ ले सम्मानपूर्वक बाँच्न पाउने नेपालदेखि समुन्नत राष्ट्र निर्माणसम्मका दीर्घकालीन लक्ष्य समेटेको छ। यसमार्फत आर्थिक समृद्धि, सामाजिक न्याय, सुशासन, शिक्षा, स्वास्थ्य, कृषि र राष्ट्रिय स्वाभिमानलाई प्राथमिकतामा राखिएको जनाएको छ।

कांग्रेसको भिजन–१० यस प्रकार छ :
१. सम्मानित नेपाली भएर बाँच्न पाउने नेपाल
२. सपना देख्न र पूरा गर्न सक्ने नेपाल
३. सम्पत्ति र रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने नेपाल
४. पेटभरि खुवाउने र देश चिनाउने किसानको नेपाल
५. औषधि र आवासको सुनिश्चितता भएको नेपाल
६. छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल
७. बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल
८. भौगोलिक विविधतामा गर्व गर्ने आधुनिक नेपाल
९. विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल
१०. समुन्नतितर्फ अग्रसर नेपाल

कांग्रेसले ‘भिजन–१०’ मार्फत समावेशी विकास, उत्पादन वृद्धि, मानव विकास र सुशासनको आधारमा देशलाई समृद्धितर्फ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

Leave a Comment