कलैया उपमहानगरपालिकामा आइतबारदेखि सेवा र विद्यालय सञ्चालन हुने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

भदौ-२८ बारा ।
देशमा उत्पन्न भएको विषम परिस्थितिका कारण केही दिनदेखि अवरुद्ध कलैया उपमहानगरपालिकाको सेवा प्रवाह र शैक्षिक संस्थाहरूको पठनपाठन अब सुचारु हुने भएको छ।
उपमहानगरपालिकाले शनिबार एक सूचना जारी गर्दै आइतबार, भदौ २९ गतेदेखि सबै सेवाहरू सामान्य अवस्थामा फर्किने जनाएको छ। सो अनुसार नगर कार्यपालिका कार्यालयसहित मातहतका सबै कार्यालयबाट प्रदान हुने सेवा पुनः नियमित रूपमा सञ्चालन हुनेछ।
यस्तै, उपमहानगरपालिका क्षेत्रभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरू पनि आइतबारदेखि पठनपाठनका लागि खुल्ने सूचना जारी गरिएको छ।
प्रमुख प्रशासकीय अधिकृत नाथु साहले हस्ताक्षर गरेको सूचनामा, देशको परिस्थिति सामान्य भइसकेकाले सेवा प्रवाह र पठनपाठन सुरु गर्ने निर्णय गरिएको उल्लेख छ।
यससँगै स्थानीयवासी र विद्यार्थीहरू अब सहज रूपमा उपमहानगरपालिकाबाट सेवा लिन तथा शैक्षिक क्रियाकलापमा सहभागी हुन सक्ने भएका छन्।

Leave a Comment